ad ad

समाज


कोरोनाः काठमाडौंको सशस्त्र प्रहरी अस्पतालबाट भए ११ जना डिस्चार्ज (सबैको तस्बिरसहित)

कोरोनाः काठमाडौंको सशस्त्र प्रहरी अस्पतालबाट भए ११ जना डिस्चार्ज (सबैको तस्बिरसहित)

नेपालखबर
जेठ १७, २०७७ शनिबार १०:९,

काठमाडौंको बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालको आइसोलेसनमा रहेका कोरोना संक्रमितमध्ये ११ जना निको भएका छन्।

अस्पतालका अनुसार कोरोना भाइरसबाट मुक्त भएपछि उनीहरूलाई शनिबार डिस्चार्ज गरिएकाे हाे। 

कालिमाटीस्थित महानगरीय प्रहरी वृत्तका प्रहरी नायब निरीक्षक (सई), एक सशस्त्र प्रहरी र प्रहरी जवानसहित ११ जनाले कोरोनालाई जितेका हुन्।

यस्तै डिस्चार्ज हुनेमा मकवानपुरका ७ वर्षीय बालक, भक्तपुर नगरपालिका-५ का ४२ वर्षीय पुरुष, एक डाक्टर र एक नर्स पनि छन्।

अब दुई कोरोना संक्रमित बाँकी रहेको अस्पतालले जानकारी दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .