मधेस


रवि पक्राउको विरोधमा वीरगञ्जमा पनि समर्थकको प्रदर्शन

रवि पक्राउको विरोधमा वीरगञ्जमा पनि समर्थकको प्रदर्शन

नेपालखबर
कात्तिक ३, २०८१ शनिबार १६:३५, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गरिएको विरोधमा वीरगञ्जमा पनि प्रदर्शन भएको छ।

शनिबार रास्वपाका नेता÷कार्यकर्ताहरुले वीरगञ्जमा प्रदर्शन गरेका हुन्। सहकारी ठगी प्रकरणमा नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी) ले पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई शुक्रवार बेलुकी पार्टी केन्द्रीय कार्यालयबाट पक्राउ गरेर शुक्रवार राति नै पोखरा पुर्‍याएको थियो।

लामिछाने हाल जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन्। 

वीरगञ्जमा भेला भई रास्वापका नेता÷कार्यकर्ताहरुले त्यहाँबाट नाराबाजी गर्दै जुलुस निकालेर नगर परिक्रममा गरेका हुन्। 

जुलुसमा सहभागीहरूले सरकारको विरोध र लामिछानेको समर्थनमा नाराबाजी गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad