मधेस


मधेस सरकारमा एमाले सहभागी, समीरले लिए शपथ

मधेस सरकारमा एमाले सहभागी, समीरले लिए शपथ

सुभाष कर्ण
जेठ ७, २०८३ बिहिबार २२:११, जनकपुरधाम

नेकपा (एमाले) मधेस प्रदेश सरकारमा सहभागी भएको छ।

मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत लिनुपूर्व सन्ध्यामा एमाले सरकारमा सहभागी भएको हो।

एमालेबाट विना विभागीय मन्त्रीमा बाराका सांसद मुहम्मद समीर सहभागी भएका छन्। उनलाई बिहीबार राति प्रदेश प्रमुख सुरेन्द्र लाभले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन्। 

अब मधेश प्रदेश सरकारमा कांग्रेस, एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) गठबन्धनको सरकार बन्न लागेको हो। मुख्यमन्त्री यादवलाई निरन्तरता दिँदै सरकारलाई अघि बढाउने तीन दलको निर्णय अनुसार सत्ता समीकरण फेरिएको हो। 

कांग्रेस, एमाले र नेकपासहितका तीन दलका शीर्ष नेतृत्वबिच भएको सहमति अनुसार एमाले सरकारमा सहभागी भएको कुरा संसदीय दलका नेता सरोज यादवले बताएका छन्।

उनले एमालेबाट पहिलो चरणमा विना विभागीय मन्त्रीको रुपमा सांसद समीरलाई पठाइएको बताए। अन्य मन्त्री तथा मन्त्रालयको बाँडफाँड मुख्यमन्त्रीले विश्वासको मत लिएपछि गरिने उनले जानकारी दिए। 

श्रोतका अनुसार जनमत पार्टीले छोडेको अर्थमन्त्रालय, खेलकुद तथा समाज कल्याण र जसपा नेपालको कोटाबाट एउटा मन्त्रालय दिने आन्तरिक सहमति रहेको छ। हुनत जसपा नेपालले पनि सरकारलाई विश्वासको मत दिने निर्णय गरिसकेको छ।

सरकारमा बसे नबसे दुवै अवस्थामा सरकारलाई समर्थन दिने जसपा नेपाल संसदीय दलका नेता सरोज यादवले बताएका छन्। तर सरकारलाई समर्थन जसपा नेपालको जारी रहनेछ। 

एमाले सरकारमा सहभागी भएसँगै जसपा आउट भएपनि मुख्यमन्त्री यादवले कांग्रेसको २२, एमालेको २४, नेकपाको १४ मतसहित ६२ र जसपा नेपालको २६ मत सहित ८८ मत मत पाउनेछन्। यदि जसपा नेपाल सरकारबाट आउट भएन भने प्रमुख प्रतिपक्षी दल जनमत पार्टी बन्न जानेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad