मधेस


प्रेमिका भेट्न गएका प्रहरी जवानको श्रीमान्‌ले गरे हत्या

आरोपी ४ जना पक्राउ
प्रेमिका भेट्न गएका प्रहरी जवानको श्रीमान्‌ले गरे हत्या

सुभाष कर्ण
चैत ३०, २०८२ सोमबार २०:३७, जनकपुरधाम

पर्साको वीरगञ्ज महानगरपालिका–९ मा एक एक प्रहरी जवानको हत्या भएको छ।

कालिकामाई गाउँपालिका–१ मुडली घर भई जिल्ला प्रहरी कार्यालय सप्तरीमा कार्यरत २८ वर्षीय विकास चौरसियाको हत्या भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

पर्साका प्रहरी प्रवक्ता हरिबहादुर बस्नेतका अनुसार आक्रमणकारीहरूले धारिलो हतियार प्रयोग गर्दै निर्घात कुटपिट गरेका थिए। घटनाबारे सूचना पाएलगत्तै पुगेको प्रहरी टोलीले अचेत अवस्थामा चौरसियालाई तत्काल अस्पताल पुर्‍याए पनि बाटोमै उनको मृत्यु भएको थियो। 

विवाहेतर प्रेम सम्बन्धका कारण घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको बस्नेतले जानकारी दिए। 

प्रहरीका अनुसार रानीघाटस्थित भारतीय महावाणिज्य दूतावास पछाडि रहेको फिरोज मियाँको घरमा डेरा गरी बस्दै आएका रौतहटका २६ वर्षीय सन्तोष साह र उनकी पत्नी २४ वर्षीया सोनी कुमारी साहको कोठामा पुगेका बेला चौरसियामाथि आक्रमण भएको हो।

घटना पश्चात घटनामा संलग्न सन्तोष साह, उनकी पत्नी सोनी कुमारी, बाराको महागढी नगरपालिका–७ निवासी १९ वर्षीय विशाल साह र भारतको उत्तरप्रदेश अलीगढ निवासी २१ वर्षीय ओमवीर प्रजापतिलाई प्रहरीले पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढाएको छ। 

चौरसिया र सोनीबीच विवाहेतर सम्बन्ध रहेको थाहा पाएपछि सन्तोषले हत्या योजना बनाएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ। सोही योजनाअनुसार चौरसियालाई कोठामा बोलाएर चारै जनाले रडले प्रहार गरी कुटपिट गरेका थिए।

मृतकको शव पोस्टमार्टमका लागि वीरगञ्जस्थित नारायणी अस्पतालमा पठाइएको छ भने घटनाको कारण र अन्य संलग्न व्यक्तिहरूबारे थप अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad