मधेस


सरोज यादव नेतृत्वको सरकारले गरेका सबै निर्णय खारेज

सरोज यादव नेतृत्वको सरकारले गरेका सबै निर्णय खारेज

नेपालखबर
मंसिर २१, २०८२ आइतबार १७:१८, काठमाडौँ

मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले यसअघिका मुख्यमन्त्री सरोज यादवको सरकारले गरेका सबै निर्णय खारेज गर्ने निर्णय गरेका छन्।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले यसअघिको सरकारले गरेका सबै निर्णय बदर गर्ने निर्णय गरेको हो। ‘मिति २०८२/०७/२३ देखि २०८२/०८/१७ गतेसम्मको अवधिमा बसेका मन्त्रिपरिषद् बैठकहरुबाट भएका सम्पूर्ण सरुवा, काज, जिम्मेवारी हेरफेर र थप जिम्मेवारी तोक्ने लगायतका सरुवार काजसंग सम्बन्धित निर्णयहरू बंदर गर्ने तथा मिति २०८२/०७/२३ मा गठित मन्त्रिपरिषद्को कार्यकालमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय र विभिन्न मन्त्रालयहरूबाट भएका कर्मचारीहरूको सरुवा, काज, जिम्मेवारी हेरफेर र थप जिम्मेवारी तोक्ने लगायतका सरुवा/काजसंग सम्बन्धित सम्पूर्ण निर्णयहरू बदर गर्ने,’ निर्णयमा भनिएको छ। 

एमालेबाट मुख्यमन्त्री बनेका सरोज यादवले प्रदेश सभामा विश्वासको मत नपाएपछि राजीनाममा दिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad