राजनीति


राष्ट्रिय सभा बैठक नबोलाएकोमा सभामुख घिमिरेको असन्तुष्टि

राष्ट्रिय सभा बैठक नबोलाएकोमा सभामुख घिमिरेको असन्तुष्टि

नेपालखबर
मंसिर २१, २०८२ आइतबार १७:३४, काठमाडौँ

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सरकारले राष्ट्रिय सभाको अधिवेशन आह्वान नगरेकोमा असन्तुष्टि जनाएका छन्। 

आईतवार संसद् सेवा दिवसको अवसर पारेर काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै घिमिरेले प्रतिनिधि सभा नभए पनि राष्ट्रिय सभालाई प्रभावकारी ढंगले अघि बढाउन सरकारलाई सुझाव दिएको बताए। तर, त्यसअनुसार काम हुन नसकेको सभामुख घिमिरेको गुनासो गरे। 

‘अब अहिले हामीले माग गर्दा पनि राष्ट्रिय सभाको अधिवेशन बोलाईराखिएको छैन। त्यो त स्थायी प्रकृतिको हो नि,’ घिमिरेले भने, ‘अब कसरी चलाउने भन्ने बारेमा पनि आजकै दिनबाट ठोस निकास दिन सकियोस्।’

संसदका कर्मचारीलाई प्रभावकारी ढंगले परिचालन गर्न आवश्यक कानुनलगायतका व्यवस्था गर्न संसद् एकेडेमी आवश्यक रहेको उनले बताए। ‘पुरानै परम्पराबाट व्युरोक्रेसी चल्दै आयो। २०५८ सालअघि निजामतीबाट पठाइएको कर्मचारीबाट काम चलाइयो। अहिले संसद सेवा दिवस छुट्टै मनाएपनि यसको विशेषता, विज्ञता के हो? यसको दायित्व के हो?’ उनले भने, ‘यसलाई प्रभावकारी बनाउने विषयमा कसरी जानुपर्छ भन्ने कुरामा के कस्तो संशोधन गर्ने हो, सेवा सुविधालगायतको विषयमा यथार्थपरक ढंगले अध्ययन गर्दै जाने र त्यसको आधारमा व्यवस्थापन गर्दै जाने कुराहरुम गर्नु धेरै जरुरी छ।’

सभामुख घिमिरेले देशको आवश्यकताअनुसार संसदलाई स्थापित गराउने काममा लाग्न पनि ढिलाई गर्न नहुने बताए। उनले भने, ‘संसदको देशको आवश्यक्ता अनुसार स्थापित गर्ने, प्रभावकारी ढंगबाट लैजाने र बनेका कानूनलाई कार्यान्वयनका लागि सरकारलाई सहयोग गर्न बाध्य गर्ने, विवश बनाउने काम गर्नुपर्दछ।’

उनले संसद् सचिवालयको पदाधिकारी नियुिक्तको विषयमा पनि गम्भिर छलफल गरेर अघि बढ्नुपर्ने अवस्था रहेको बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad