मधेस


मधेसको नीति तथा कार्यक्रम सर्वसम्मत पारित

मधेसको नीति तथा कार्यक्रम सर्वसम्मत पारित

नेपालखबर
जेठ २८, २०८३ बिहिबार १५:५, जनकपुरधाम

आगामी आर्थिक वर्ष २०८३/८४ का लागि मधेस प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रम प्रदेशसभाबाट सर्वसम्मतले पारित भएको छ। 

बिहीबार सम्पन्न प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रममाथि सांसदहरूले राखेको संशोधन प्रस्तावपछि सभामुख रामआशिष यादवले निर्णयार्थ प्रस्ताव प्रस्तुत गरेका थिए। 

प्रस्तावको विपक्षमा कुनै मत नआएपछि नीति तथा कार्यक्रम सर्वसम्मत रूपले पारित भएको घोषणा गरेका थिए।
 
प्रदेश सरकारले जेठ १५ गते सार्वजनिक गरेको नीति तथा कार्यक्रममाथि प्रतिपक्षी दलको अवरोधका कारण लामो समयसम्म छलफल हुन सकेको थिएन। 

दलहरूबीच सहमति बनेपछि उक्त नीति तथा कार्यक्रममाथि संशोधन प्रस्ताव छलफल पश्चात मुख्यमन्त्रीले सबै कुरा समावेश गर्ने सहमतिपछि प्रक्रिया अघि बढाइएको थियो।

छलफलका क्रममा विभिन्न सांसदहरूले संशोधन प्रस्ताव पेस गरेका थिए। तीमध्ये सत्तारूढ नेकपा एमालेका सांसद राजकुमार लेखीले दर्ता गराएको संशोधन प्रस्ताव स्वीकृत भएको छ भने अन्य सबै संशोधन प्रस्ताव अस्वीकार भएको छ।
 
नीति तथा कार्यक्रम पारित भएपछि अर्थमन्त्री युवराज भट्टराईले आगामी बजेट तयारीका लागि आवश्यक विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्त प्रदेशसभामा प्रस्तुत गरेका छन्। 

अब शुक्रबार बस्ने प्रदेश सभाको बैठकमा आगामी बजेट तयारीका लागि आवश्यक विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्तमाथि छलफल हुने बताइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad