मधेस


एनपीएल उपाधि जनकपुरले जितेपछि मधेस प्रदेशमा हर्षोल्लास

एनपीएल उपाधि जनकपुरले जितेपछि मधेस प्रदेशमा हर्षोल्लास

नेपालखबर
पुस ६, २०८१ शनिबार १८:५७, जनकपुरधाम

नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधि जनकपुर बोल्ट्सले जितेपछि मधेसमा हर्षोल्लास देखिएको छ।

मधेस प्रदेशको राजधानी जनकपुरधाम लगायत मधेसका विभिन्न सहरमा समर्थकहरू नाचगान र आतसबाजी गरेका छन्। सडक, चोक र गल्लीमा भेला भएर खुसी साटासाट गरिरहेका छन्।

शनिबार भएको फाइनल खेलमा सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले हराउँदै जनकपुरले उपाधि जितेको हो। योसँगै समूह चरण र पहिलो क्वालिफायरमा व्यहोरेको हारको पनि जनकपुर बदला लिन सफल भएको छ। 

भिडिओ:

लिग चरणमा जनकपुर ७२ रनले र पहिलो क्वालिफायरमा ८ विकेटले सुदूरपश्चिमसँगको खेल गुमाएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad