खेल


जनकपुरलाई बधाई दिँदै सुदूरपश्चिमलाई प्रधानमन्त्रीले भने–वेट फर नेक्स्ट म्याच

जनकपुरलाई बधाई दिँदै सुदूरपश्चिमलाई प्रधानमन्त्रीले भने–वेट फर नेक्स्ट म्याच

नेपालखबर
पुस ६, २०८१ शनिबार १८:५९, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग (एनपीएल)को बिजेता टोली जनकपुर बोल्ट्सलाई उपाधि जितेकोमा बधाई दिएका छन्। 

नेपाल जेसिजको ५१ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई शनिबार इटहरीमा सम्बोधन गर्दै उनले रनरअप भएको सुदूरपश्चिम रोयल्सलाई भने अर्को वर्ष हुने खेलका लागि जितको शुभकामना दिए। 

‘बिजयी जनकपुर टिमलाई धेरै–धेरै बधाई, जो रनरअप भयो, उसलाई पनि शुभकामना छ,’ प्रधानमन्त्री ओलीले भने, ‘वेट फर नेक्स्ट म्याच।’

पूर्व निर्धारित कार्यक्रममा जानुपर्ने भन्दै प्रधानमन्त्री ओली एनपीएलको फाइनलमा सहभागिता जनाउन त्रिवि मैदान कीर्तिपुर पुगेका थिएनन्। उनले भिडियो सन्देश जारी गर्दै शुभकामना दिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad