ad ad

मधेस


खोलामा डुबेकी बालिका बचाउन गएका वृद्धको मृत्यु

खोलामा डुबेकी बालिका बचाउन गएका वृद्धको मृत्यु

नेपालखबर
साउन ३०, २०८१ बुधबार १८:५१, सर्लाही

सर्लाहीको बलरा नगरपालिकास्थित मनुस्मारा खोलामा डुबेर एक वृद्धको मृत्यु भएको छ भने एक बालिका बेपत्ता भएकी छिन्।

बलरा नगरपालिका वडा नं १, हथिऔलस्थित खोलामा डुबेर सोही स्थानका ६० वर्षीय गजेन्द्र साहको बुधबार मृत्यु भएको हो।

घाँस काटेर फर्कँदै गरेका दुई बालिका खोला तर्ने क्रममा डुबेको देखेपछि भैँसी चराउँदै गरेका साह खोलामा पसेका थिए। सोही क्रममा साहको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक बालिष्टर सिंहले जानकारी दिए।

दुई बालिकामध्ये एक सोही स्थान निवासी अजय गिरीकी १२ वर्षीया छोरी निशाकुमारी गिरी बेपत्ता भएकी हुन्। अर्की १५ वर्षीया पिंकीकुमारी गिरी भने पौडी खेलेर सकुशल बाहिर निस्कन सफल भएको प्रहरी निरीक्षक सिंहले जानकारी दिए। बेपत्ताको खोजी कार्य जारिरहेको छ भने मृतक साहको शव परीक्षणका लागि प्रादेशिक अस्पताल मलंगवामा राखिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .