ad ad

मधेस


रौतहटको ईशनाथमा कर्फ्यु जारी

रौतहटको ईशनाथमा कर्फ्यु जारी

शनिबार दिउँसो भएको झडपको दृश्य। तस्बिर स्रोत : सामाजिक सञ्जाल


नेपालखबर
फागुन ५, २०८० शनिबार १९:७, काठमाडौँ

रौतहटको ईशनाथ नगरपालिकामा कर्फ्यु जारी भएको छ। जिल्ला प्रशासन कार्यालय, रौतहटका अनुसार शनिबार साँझ ५ बजेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यु जारी भएको हो। 

प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जारी गरेको विज्ञप्तिका अनुसार गत फागुन ३ गते सरस्वति मूर्ति विसर्जनको क्रममा भएको विवाद र झडपलाई लिएर आज फेरि झडपको स्थिति भएपछि कर्फ्यु जारी गरिएको हो। 

सर्वसाधरणको सुरक्षामा पर्न सक्ने सम्भावित जोखिम र शान्ति भंग हुनसक्ने स्थिति देखिएपछि कर्फ्यु जारी गरिएको रेग्मीले बताए। 

ईशनाथको पूर्वमा जोकहा गाउँ, पश्मिमा सानो जोकहा गाउँ, उत्तरमा रामपुरखाप एपीएफ बीओपी र दक्षिणमा जयनगर प्रहरी चौकीसम्म कर्फ्यु जारी हुने प्रशासनले जानकारी गराएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .