मधेस


दुर्गा प्रसाईं समूहद्वारा जनकपुरमा सरकारविरुद्ध प्रदर्शन

दुर्गा प्रसाईं समूहद्वारा जनकपुरमा सरकारविरुद्ध प्रदर्शन

सुभाष कर्ण
असार २३, २०८३ मंगलबार २०:१, जनकपुरधाम

दुर्गा प्रसाईं नेतृत्वको नागरिक बचाउ महाअभियानले मंगलबार जनकपुरधाममा सरकारविरुद्ध प्रदर्शन गरेको छ। 

वर्तमान सरकारको कार्यशैली, सुशासन र प्रशासनिक अवस्थाप्रति असन्तुष्टि व्यक्त गर्दै प्रसाईंको नेतृत्वमा देशका विभिन्न स्थानबाट आएका महाअभियानका समर्थकहरूले जनकपुरधामका मुख्य सडकमा विरोध प्रदर्शन गरेका हुन्।

जानकी मन्दिर परिसरबाट सुरु भएको र्‍याली जनकचोक, शिवचोक, भानुचोक हुँदै नगरका विभिन्न भागको परिक्रमा गर्दै शिव चोकमा पुगेर कोण सभामा परिणत भएको थियो। 

प्रदर्शनका क्रममा सहभागीहरूले भ्रष्टाचार नियन्त्रण, सुशासन कायम, जनउत्तरदायी शासन र प्रशासनिक सुधारको माग गर्दै सरकारविरुद्ध नाराबाजी गरेका थिए। सुरक्षा व्यवस्थालाई ध्यानमा राख्दै नेपाल प्रहरीले विशेष सुरक्षा व्यवस्था गरेको थियो। 

कोणसभालाई सम्बोधन गर्दै अभियानका संयोजक प्रसाईंले वर्तमान सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको आरोप लगाए। उनले सरकारको प्रशासनिक प्रणाली राजनीतिक नेतृत्वकै कारण कमजोर बन्दै गएको आरोप लगाउँदै सरकारका गतिविधिमाथि नागरिकस्तरबाट खबरदारी गर्नुपर्नेमा जोड दिएका थिए। 

प्रसाईंले मुलुकको प्रशासनिक अवस्था, आर्थिक चुनौती, सुशासन तथा विदेश नीतिका विषयमा समेत सरकारमाथि प्रश्न पनि उठाए। उनले सरकारले जनताको विश्वास गुमाउँदै गएको आरोप पनि लगाए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad