ad ad

मधेस


सर्लाहीमा शंकास्पद अवस्थामा वृद्ध मृत भेटिए, साथमा ३१ हजार, छेउमा साइकल

सर्लाहीमा शंकास्पद अवस्थामा वृद्ध मृत भेटिए, साथमा ३१ हजार, छेउमा साइकल

प्रतिकात्मक तस्बिर


नेपालखबर
बैशाख २२, २०८० शुक्रबार १३:१६, सर्लाही

सर्लाहीको चन्द्रनगरमा एक वृद्ध शंकास्पद अवस्थामा मृत फेला परेका छन्।

चन्द्रनगर गाउँपालिका–३ बड्कुर्वामा बिहीबार साँझ चन्द्रनगर ७ घर भएका ७२ वर्षीय पल्टु सिंहको शव फेला परेको जिल्ला प्रहरी कार्यालय (सर्लाही) ले जनाएको छ। 

हृदयघातका कारण उनको मृत्यु भएको आशंका प्रहरीले गरेको छ। उनको साथमा ३१ हजार १ सय ३५ रुपैयाँ फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्तासमेत रहेका डीएसपी कैलाश राईले जानकारी दिए।

आफन्तले प्रहरीलाई बताएअनुसार वृद्ध आफैँ साइकल चलाएर सर्लाहीकै हरिपुरमा रहेकी छोरीलाई भेट्न जाँदा घटना भएको हो। 

‘साइकल चलाउँदै गर्दा उनलाई हृदयाघात भएको आशंका गरिएको छ’, डीएसपी राईले नेपालखबरसँग भने, ‘पोस्टमार्टम रिपोर्ट आएपछि मृत्युको खास कारण खुल्ला।’ 

प्रादेशिक अस्पताल मलंगवामा पोस्टमार्टमपछि वृद्धको शव आफन्तले लिएर गएका राईले जानकारी दिए।

उनी छोरीलाई ३० हजार रुपैयाँ पुर्‍याउन भनी बिहीबार साँझ घरबाट निस्किएको आफन्तले बताएका छन्।

मृतकको शरीरमा कुनै चोटपटक नदेखिएको प्रहरीको भनाइ छ। उनले चलाउने गरेको साइकल पनि घटनास्थलमै फेला परेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .