मधेस


मधेश सरकारको प्रवक्ताको जिम्मेवारी अर्थमन्त्री यादवलाई

मधेश सरकारको प्रवक्ताको जिम्मेवारी अर्थमन्त्री यादवलाई

नेपालखबर
बैशाख २२, २०८० शुक्रबार ६:५२, सर्लाही

मधेश प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी अर्थमन्त्री सञ्जयकुमार यादवले पाएका छन्।

बिहीबार बसेको मधेश सरकार मन्त्रिपरिषद्को बैठकले अर्थमन्त्री यादवलाई सरकारको प्रवक्ता तोकेको हो।

मुख्मन्त्री कार्यालयका उपसचिव राजेककुमार मिश्रका अनुसार प्रदेश सरकार (कार्यसम्पादन) नियमावली, २०७४ को नियम २९ बमोजिम मन्त्री यादवलाई सरकारको प्रवक्ता तोकिएको हो।

जनता समाजवादी पार्टी (जसपा) का नेतासमेत रहेका यादव सर्लाहीको क्षेत्र ३ (ख) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .