ad ad

मधेस


राराबको स्ववियु सभापतिमा नेविसंघका मनिषकुमार यादव निर्वाचित

राराबको स्ववियु सभापतिमा नेविसंघका मनिषकुमार यादव निर्वाचित

नेपालखबर
चैत ६, २०७९ सोमबार १६:५५, जनकपुरधाम

जनकपुरधामको रामस्वरूप रामसागर बहुमुखी (राराब) क्याम्पसको स्ववियु सभापतिमा नेपाल विद्यार्थी संघ (नेविसंघ) का उम्मेदवार मनिषकुमार यादव निर्वाचित भएका छन्।

यादवले १ हजार १ सय ४७ मत ल्याएर सभापतिमा निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक विद्यार्थी संघका उम्मेदवार प्रशान्त झाले ७ सय १५ मत प्राप्त गरे। 

त्यस्तै, पाँचदलीय गठबन्धनका उम्मेदवार गौतम कुमार यादवले १ सय १८ मत मात्रै ल्याउन सके। 

राराब क्याम्पसमा ७ हजार २ सय १५ विद्यार्थी मतदाता रहेकोमा २ हजार ६ सय ६२ जनाले मात्रै मतदान गरेका थिए।

राराब क्याम्पसमा २१ सदस्यीय स्ववियु कार्यसमितिका लागि सभापतिमा ६ जनासहित कुल ८८ जनाले उम्मेदवारी दिएका थिए।

राराबको स्ववियु कार्यसमितिमा ११ जना प्रत्यक्षबाट र १० जना समानुपातिकबाट निर्वाचित भएर चुनिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .