ad ad

मधेस


शिक्षकले तलब नपाउँदा पढाइ ठप्प

शिक्षकले तलब नपाउँदा पढाइ ठप्प

फाइल तस्बिर


नेपालखबर
पुस २२, २०७९ शुक्रबार ६:३२, धनुषा

धनुषाको नगराइन नगरपालिकाका  सामुदायिक विद्यालयका शिक्षकले पारिश्रमिक नपाउँदा पठनपाठन ठप्प भएको छ। नगरसभाबाट बजेट पास नभएका कारण यहाँका शिक्षकले ६ महिनादेखि पारिश्रमिक पाउन नसकेका हुन्। ती विद्यालयका शिक्षक पढाउन छाडेर आन्दोलनमा उत्रेका छन्। 

सर्वदलीय र सर्वपक्षीय बैठक पटकपटक बसे पनि समस्या समाधान हुन नसकेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामगुलाम कर्णले बताए। नगराइन नगरपालिकामा १६ सामुदायिक विद्यालय छन्। तलबका लागि शिक्षकले दैनिकरुपमा धर्ना दिइरहेका छन्।

नगरपालिकाको लापरवाहीका कारण पठनपाठन ठप्प भएको विद्यार्थी राजेश ठाकुरले बताए। नगरपालिकास्तरीय आयोजना सञ्चालनका लागि उपभोक्ता समितिको गठन गर्दा कार्यपालिकाले तोकेको कार्यपालिकाका सदस्य वा कार्यालयको प्रतिनिधिको रोहवरमा गर्नुपर्ने व्यवस्था छ। यसलाई २०७६ सालमा  संशोधन गरी ‘वडास्तरीय योजनाबाहेक अन्य आयोजना सञ्चालनका लागि उपभोक्ता समिति गठन गर्दा नगरप्रमुखले तोकेको कार्यपालिका सदस्य वा कार्यालयको प्रतिनिधिको रोहवरमा गर्नुपर्ने व्यवस्था गरिएपछि उपप्रमुखसहितका बहुमत वडाध्यक्षले विरोध गर्दै २०७४ सालको पुरानै ऐन कार्यान्वयन वा संशोधन गरिएको बुँदा खारेजको माग गरिरहेका छन्।

विद्यालय लगातार रुपमा बन्द भएका कारणले नगरपालिकाले सञ्चालन गर्ने अर्द्ध वार्षिक परीक्षा प्रभावित हुनुका साथै एसईईका विद्यार्थीलाई परीक्षा फारम भर्नेसहितका अन्य कामकाज गर्नमा समस्या भएको र यसले विद्यार्थीको भविष्य अन्योलमा परिरहेको नगराइन नगरपालिका–७ का वडाध्यक्ष सूर्यनारायण साहले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .