ad ad

लुम्बिनी


पाल्पामा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु, पूर्ण विवरण आउन बाँकी

पाल्पामा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु, पूर्ण विवरण आउन बाँकी

सुदीप भण्डारी
पुस २२, २०७९ शुक्रबार ६:३७, बुटवल

पाल्पाको रैनादेवी छहरा गाउँपालिकामा बिहीबार राति बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।

रुपन्देहीको सालझण्डीबाट यात्रु लिएर प्रस्थान गरेको ग १ ख ४९७७ नम्बरको बस राति साढे ९ बजे रैनादेवी छहरा ८ खुर्सानेमा दुर्घटना भएको हो।

दुर्घटनामा १८ जना घाइते भएको पाल्पाका प्रहरी प्रवक्ता डीएसपी वीरेन्द्र थापाले जानकारी दिए। घटनाको पूर्ण विवरण नआइसकेको उनले बताए।

उक्त बस खुर्साने पुग्नै लाग्दा बूढीदमार भन्ने स्थानमा दुर्घटनामा परेको वडाध्यक्ष रेम बहादुर रानाले बताए। 

रानाका अनुसार मृतकहरु सबै रैनादेवी छहरा गाउँपालिका वडा नं ८ खुर्सानेका हुन्। 

घाइतेहरुलाई उपचारका लागि बुटवल पठाइएको छ। 

दुर्घटनामा परेको उक्त बस सडकबाट ५० मिटर तल अप्ठ्यारो भीरमा खसेको र रातको समय भएकाले क्षतिको एकिन विवरण पाउन नसकेको उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .