मधेस


मधेश सरकारबाट कांग्रेसका मन्त्री पदमुक्त

मधेश सरकारबाट कांग्रेसका मन्त्री पदमुक्त

जयन्त ठाकुर
असोज २८ , जनकपुरधाम

मधेश प्रदेश सरकारमा नेपाली कांग्रेसबाट सामेल मन्त्रीहरूलाई पदमुक्त गरिएको छ।

मुख्यमन्त्री लालबाबु राउतले सरकारमा रहेका कांग्रेसका ३ जना मन्त्रीलाई पदमुक्त गरेका हुन्। 

कांग्रेसबाट सरकारमा सामेल भौतिक पूर्वाधार तथा विकासमन्त्री रामसरोज यादव, खानेपानी तथा उर्जा विकासमन्त्री ओमप्रकाश शर्मा र महिला बालबालिका युवा तथा खेलकुदमन्त्री वीरेन्द्र सिंहलाई पदमुक्त गरिएको हो।

कांग्रेसबाट सरकारमा सामेल मन्त्रीहरुलाई पदमुक्त गरिएपनि सत्ता गठबन्धनकै माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीका मन्त्रीहरुलाई भने मुख्यमन्त्री राउतले पदमुक्त गरेका छैनन्।

यसअघि बिहीबार साँझ मुख्यमन्त्री राउतले कांग्रेसी मन्त्रीहरुलाई फोन गरेर राजीनामा दिन भनेका थिए। 

उनीहरुले राजीनामा नदिएपछि मुख्यमन्त्री राउतले पदमुक्त गर्नका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गरेका थिए।
 

असोज २८, २०७९, शुक्रबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
पिनाकी राय
बिजनेश एड्भाइजर
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.