राजनीति


भारत भ्रमण लगत्तै परराष्ट्रमन्त्रीको चीन यात्रा तय, यस्ता छन् खनालका बेइजिङ एजेन्डा

भारत भ्रमण लगत्तै परराष्ट्रमन्त्रीको चीन यात्रा तय, यस्ता छन् खनालका बेइजिङ एजेन्डा

नेपालखबर
जेठ २९, २०८३ शुक्रबार १४:३५, काठमाडौँ

परराष्ट्रमन्त्री शिशिर खनाल चीन भ्रमणमा जाने भएका छन्। चिनियाँ समकक्षी वाङ यीको निमन्त्रणमा उनले जुन १४ देखि भ्रमण गर्न लागेका हुन्। मन्त्री खनाल भारत भ्रमणबाट फर्किएको एक सातापछि परराष्ट्र मन्त्रालयले उनको चीन भ्रमणको तालिका सार्वजनिक गरेको हो।

बालेन्द्र सरकार गठनपछि पहिलो पटक परराष्ट्रमन्त्री खनालले चीन भ्रमण गर्न लागेका हुन्। यसलाई भारत र चीनसँग सन्तुलित सम्बन्ध राख्ने प्रयासका रुपमा हेरिएको छ।

जुन १४ देखि १७ सम्म बेइजिङमा रहँदा मन्त्री खनालले आफ्ना चिनियाँ समकक्षी वाङसँग द्विपक्षीय वार्ता गर्नेछन्। ‘नेपाल र चीन सम्बन्ध थप सुदृढ बनाउनुका साथै पारस्परिक सहयोग अघि बढाउने सम्बन्धी पारस्परिक हितका विषयमा छलफल गर्नुहुनेछ’, परराष्ट्र मन्त्रालयले शुक्रबार भनेको छ। 

उनले चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का नेताहरुसँग पनि भेटवार्ता गर्नेछन्। चीन सरकारका उच्च पदस्थ अधिकारीहरुसँग पनि भेट्ने तालिका रहेको परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। 

चीन भ्रमणको तालिक निश्चित गरेर मात्रै उनी भारत भ्रमणमा गएको चर्चा त्यतिबेला भएको थियो। दिल्लीमा उनले आफ्ना भारतीय समकक्षी एस जयशंकरसहित भारत सरकार उच्च पदस्थ अधिकारीहरुसँग भेटवार्ता गरेका थिए। 

बेइजिङमा उनी नेपाली दूतावासले आयोजना गर्ने वैदेशिक लगानी प्रवद्र्धनसम्बन्धी सम्मेलनमा पनि सहभागी हुनेछन्। चिनियाँ व्यवसायीसँग अन्तरक्रिया गर्ने कार्यक्रम समेत रहेको परराष्ट्रले जनाएको छ। नेपाली दूतावसले उनलाई सम्मान समेत गर्नेछ। जुन १७ मा उनी स्वदेश फर्किनेछन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad