ad ad

कर्णाली


कालीकोटमा बाढीपहिरोमा परेर १७ जना अझै बेपत्ता

कालीकोटमा बाढीपहिरोमा परेर १७ जना अझै बेपत्ता

फाइल फाेटाे


नेपालखबर
असोज २८, २०७९ शुक्रबार १४:२३, कालीकोट

कालीकोटमा बाढीपहिरोमा परेर १७ जना अझै बेपत्ता छन्। कालीकोटमा पहिरोमा परेर २३ जना बेपत्तामध्ये ६ जनाको शव भेटिएको छ। 

पहिरोमा पुरिएका थप दुई जनाको शव निकालिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। आइतबार पहिरोमा पुरिएका तिलागुफा नगरपालिका– ७ वालीका ध्रुवराज विष्ट र उनकी छोरीको शव प्रहरीले बिहीबार पहिरोबाट निकालेको जनाएको छ।

विष्टको परिवारका पाँच जना पहिरामा पुरिएर बेपत्ता भएको तीमध्ये बिहीबार प्रहरीले ध्रुवराज विष्ट र उनकी छोरी ज्यानी विष्टको शव भेटिएको जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी प्रहरी निरीक्षक शुभराज बमले बताए।

‘विष्ट परिवारका चार जनाको शव भेटिएको छ’, उनले भने, ‘पहिरोमा परेर बेपत्ता भएका २३ जनामध्ये अहिलेसम्म ६ जनाको मात्र शव भेटिएको छ।’

तिलागुफा नगरपालिका–४ राँचुली गाउँका मलामी गएका १३ जना अझै हराइरहेको सूचना अधिकारी बमले जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .