ad ad

मधेस


उमाशंकर एमालेबाट उठ्ने भएपछि गंगाराम जसपातिर

उमाशंकर एमालेबाट उठ्ने भएपछि गंगाराम जसपातिर

जयन्त ठाकुर
असोज १३, २०७९ बिहिबार १६:५७, जनकपुरधाम

नेकपा एमाले केन्द्रीय कमिटीका सल्लाहकार समिति सदस्य गंगाराम यादवले औपचारिक रुपमा जनता समाजवादी पार्टी (जसपा) मा प्रवेश गरेका छन्।

४ दिन अगाडि मात्रै एमाले परित्याग गरेको घोषणा गरेका गंगाराम औपचारिक रुपमा जसपामा प्रवेश गरेका हुन्। उनलाई जसपाका अध्यक्ष उपेन्द्र यादवले माला लगाएर पार्टीमा स्वागत गरे। 

धनुषा निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दिने तयारी गरेका यादवलाई एमालेले टिकट नदिने भएपछि जसपामा प्रवेश गरेका हुन्। 

गतसाता मात्रै एमाले अध्यक्ष केपी शर्मा ओलीले धनुषा २ बाट निर्वाचन लडाउने गरी लोसपाका तत्कालिन सचेतक उमाशंकर अरगरियालाई पार्टी प्रवेश गराएपछि यादव असन्तुष्ट भएका थिए। 

टिकट पाउने अपेक्षामा जसपा प्रवेश गरेका गंगारामलाई त्यहाँ पनि टिकट पाउने सम्भावना कमै छ।

गठबन्धनमा रहेको जसपाको कोटामा धनुषा निर्वाचन क्षेत्र नम्बर २ परेको छैन। गठबन्धन दलभित्र धनुषा २ कांग्रेसलाई दिने लगभग सहमति भइसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .