ad ad

खेल


नेपालको यू-१७ फुटबल टोलीलाई प्राइम सेरामिसक्सको सम्मान

नेपालको यू-१७ फुटबल टोलीलाई प्राइम सेरामिसक्सको सम्मान

नेपालखबर
असोज १३, २०७९ बिहिबार १६:५९, काठमाडौँ

साफ यू–१७ च्याम्पियनसिपमा उपविजेता भएको नेपाली फुटबल टोलीलाई प्राइम सेरामिक्सले कुल १  लाख ५० हजार रुपैयाँले सम्मान गरेको छ। 

ललितपुरमा बिहीबार एक कार्यक्रममा प्राइम सेरामिक्सका कार्यकारी अधिकृत प्रशान्त अग्रवालले नेपाली टिमका २३ खेलाडी तथा ६ अफिसियललाई जनही ५ हजार रुपैयाँ दिए। 

साफ यू–१७ च्याम्पियनसिप सेप्टेम्बर ५ देखि २० सम्म श्रीलंकाको कोलोम्बोमा भएको थियो। दक्षिण एसियाका ६ टिम सहभागी प्रतियोगिताको फाइनलमा नेपाल भारतसँग पराजित हुँदै उपविजेतामा सिमिति भएको थियो। 

प्राइम सेरामिक्सका अग्रवालले श्रीलंकामा उच्च प्रदर्शन गरेका नेपाली खेलाडीलाई सम्मान पाउँदा खुसी लागेको प्रतिक्रिया दिए। 

नेपाली टिमका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले कोलोम्बोमा आफ्नो टिम उपविजेता भएको भए पनि नेपालमा वास्ता नगरिएकोमा दुखेसो पोखे।

‘व्यक्तिगत वा निजी क्षेत्रबाट यी कलिला खेलाडीलाई सम्मान हुनु सकारात्मक हो। यसले समग्र टिमलाई हौसला दिनेछ। भियतनाममा हामी आफ्नो क्षमता फेरि एक पटक प्रमाणित गर्नेछौँ,’ श्रेष्ठले भने।

टिमका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठ प्रशिक्षण करियरको सुरुवाती चरणमा रहेको र खेलाडीले राम्रो खेल देखाए मात्र उनी सफल हुने शाहीको धारणा थियो।  

टिमका कप्तान प्रशान्त लक्ष्यमले सम्मानका लागि अग्रवाललाई धन्यवाद दिए। श्रीलंकामा बटुलेको अनुभव भियतनाममा काम लाग्ने विश्वास व्यक्त गरे। नेपाल अन्डर १७ एसियन कप छनोटमा समूह ‘एफ’मा परेको छ।

यो समूहका सबै खेल पूर्वी एसियाको भियतनाममा हुँदैछ। समूहमा नेपाल र घरेलु टिम भियतनामसँगै थाइल्यान्ड र चाइनिज ताइपेई छन्।

नेपालले पहिलो खेल अक्टोबर ५ मा थाइल्यान्ड, ७ मा भियतनाम र ९ मा चाइनिज ताइपेईको सामना गर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .