मधेस


मधेसका निलम्बित सांसद अभिराम शर्माविरुद्धको मुद्दा ४९औँ पटक स्थगित

मधेसका निलम्बित सांसद अभिराम शर्माविरुद्धको मुद्दा ४९औँ पटक स्थगित

नेपालखबर
असार १०, २०८३ बुधबार १९:९, जनकपुरधाम

सशस्त्र प्रहरीका असई थमन विकको हत्या प्रकरणमा उच्च अदालत जनकपुरधामले मधेस प्रदेशसभाका निलम्बित सांसद अभिराम शर्माको ४९ औँ पटक पेसी स्थगित गरेको छ। 

४८ पटकसम्म पेसी स्थगित भइसकेको सांसद शर्माको आज (बुधबार) तोकिएको पेसी भनिएको पेसी उनकै कानुन व्यवसायीद्वारा स्थगित गराइएको हो।

न्यायाधीशद्वय कैलाशप्रसाद सुवेदी र कृष्णप्रसाद सुवेदीको संयुक्त इजलासमा निलम्बित सांसद शर्मासहितका पेसी तोकिएको थियो। तर शर्माको कानुन व्यवसायीको तर्फबाट पेसी स्थगितको माग गरिएपछि स्थगित बताइएको छ।

निलम्बित सांसद शर्मालगायतको मुद्दा लगाउको कारणबाट, पुनरावेदकको कानुन व्यवसायी, प्रत्यर्थीको कानुन व्यवसायीबाट, निवेदकको कानुन व्यवसायीका कारण स्थगित हुँदै आएको छ। विभिन्न ७ वटा मुद्दा एकै साथ राखेर पेसी तोकिने गरिएको छ।

उच्च अदालतको तथ्यांकअनुसार शर्माको मुद्दामा २८ वटा पेसी विभिन्न कारण देखाउँदै स्थगित गरिएको छ। त्यस्तै, ११ वटा पेसीमा विभिन्न आदेश आएको छ भने ६ वटा पेसी हेर्न नभ्याइनेमा परेको थियो। दुई वटा पेसी हेर्दाहेर्दैमा परेको र २ वटा पेसीमा बकपत्र भएको थियो।

पछिल्लो पटक असार ३ गते हेर्न नभ्याइनेमा परेको थियो। जेठ २७ गतेको पेसीमा अर्को पेसी तोक्ने आदेश भएको थियो। त्यसअघि जेठ २० र १३ गते लगाउका कारणबाट पेसी स्थगित भएको थियो।

मधेस आन्दोलनको क्रममा सशस्त्र प्रहरीका असई थमन विकको हत्या प्रकरणमा महोत्तरी जिल्ला अदालतले तत्कालीन लोकतान्त्रिक समाजवादी पार्टी नेपालका मधेस प्रदेश सांसद शर्मासहित प्रदीप साह, संजयकुमार साह, मोहन ठाकुर, धर्मेन्द्र राय, शंकर शाही भनिने राम शंकर शाही र सुरेश पाण्डेलाई जन्मकैदको सजाय सुनाएको थियो।

२०८० मंसिर २८ गते न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले सुनाएको फैसलाविरुद्ध शर्माका बुबा महेन्द्र शर्मा, मिश्रको हकमा उनको श्रीमती संगीताकुमारी शर्मा, पाण्डेको हकमा उनको छोरी प्रियंका पाण्डे र धमेन्द्र रायको हकमा उनको दाजु अरविवन्दकुमार रायले २०८१ बैशाख ९ गते उच्च अदालतमा निवेदन दिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad