ad ad

मधेस


धनुषा ३ र ४ मा एमालेबाट महासेठ दम्पती उम्मेदवार सिफारिस

धनुषा ३ र ४ मा एमालेबाट महासेठ दम्पती उम्मेदवार सिफारिस

नेपालखबर
भदौ १९, २०७९ आइतबार २२:७, जनकपुरधाम

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि नेकपा एमालेबाट धनुषा क्षेत्र नं. ३ र ४ मा रघुबीर महासेठ दम्पतीको नाम सिफारिस भएको छ। 

क्षेत्र नं. ३ मा जुलीकुमारी महतो र क्षेत्र नं ४ मा रघुवीर महासेठको नाम सिफारिस भएको हो। महासेठ अहिले धनुषा ४ बाटै प्रत्यक्ष निर्वाचित सांसद छन् भने महतो समानुपातिक सांसद छिन्। 

एमाले सचिव तथा स्थायी कमिटी सदस्य समेत रहेका महासेठको एकल नाम क्षेत्र नं. ४ को क्षेत्रीय कमिटीले सिफारिस गरेको छ। 

यस्तै, पोलिटव्यूरो सदस्य महतोको नाम क्षेत्र नं. ३ को क्षेत्रीय कमिटीले एकल नाम सिफारिस गरेको जनाएको छ।  

अगामी चुनावमा दम्पति मध्ये एकजना मात्र प्रत्यक्ष र एकजना समानुपातिकमा चुनाव लड्ने चर्चा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .