लुम्बिनी


कश्मीरको जघन्य अपराधमा संलग्न जोकोहीलाई कडा कारबाही गर्नुपर्छ : महत

कश्मीरको जघन्य अपराधमा संलग्न जोकोहीलाई कडा कारबाही गर्नुपर्छ : महत

नेपालखबर
बैशाख १४, २०८२ आइतबार १०:५४, दाङ

नेपाली कांग्रेसका प्रवक्ता एवं पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महतले भारतको कश्मीरमा भएको आतंकवादी हमलाको निन्दा गरेका छन्। आइतबार घोराहीमा आयोजित पत्रकार सम्मेलनमा उनले हमलाको निन्दा गरेका हुन्। 

‘भारतको कश्मीरमा हिन्दूलाई लक्षित गरेर अत्यन्त दर्दनाक किसिमको आतंककारी हमला भयो, यो जघन्य अपराध हो,’ महतले भने, ‘यो आतंकमा संलग्न जोकोहीलाई कारबाही हुनुपर्छ। यो आतंककारी हमलामा हाम्रो नेपाली नागरिकसमेत मारिएका छन्। उनीलगायत सम्पूर्ण मृतकप्रति हार्दिक श्रद्धान्जली अर्पण र शोकाकुल परिवारजनमा गहिरो संवेदना प्रकट गर्दछु।’

उनले थपे, ‘यो घटनामा हामी भारत र भारतीय जनताको साथमा छौँ। यस्ता खाले आतंकवादविरुद्ध सारा विश्व एक हुनेपर्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad