राजनीति


मातातीर्थ औँसीमा ओली र प्रचण्डले यसरी सम्झिए आमा

मातातीर्थ औँसीमा ओली र प्रचण्डले यसरी सम्झिए आमा

माओवादी अध्यक्ष प्रचण्डले सामाजिक सञ्जालमा राखेको आफ्नी आमाको तस्बिर


नेपालखबर
बैशाख १४, २०८२ आइतबार ११:१७, काठमाडौँ

आज (वैशाख १४ गते) मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन। 

छोराछोरीले बिहानै उठी नुहाएर आफ्ना आमालाई राम्रा-राम्रा लुगा र मिठा-मिठा खानेकुरा दिई आशीर्वाद थाप्ने चलन छ।

आमा नभएकाहरूले भने दिवंगत आमालाई तर्पण र पिण्ड दिने तथा पुरोहितलाई सिदादानसहित भोजन गराउने परम्परा छ। 

वैशाखकृष्ण औँसीका दिन दिवंगत आमाले आश गर्ने भएकाले तर्पण, पिण्डदान र सिदादानसहित श्राद्ध गरे खुसी भई आशीर्वाद दिने शास्त्रीय मान्यता छ। 

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि आफ्ना दिवंगत आमालाई सम्मानपूर्वक सम्झेका छन्। 

नेकपा एमालेका अध्यक्षसमेत रहेका ओलीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मेरो स्मृतिमा आमाको अनुहार त्यति स्पष्ट छैन, किनभने चार वर्षको नहुँदै मैले आमाको न्यानो काख गुमाएँ। मेरो लागि जन्मभूमि नै आमाको प्रतिरूप बन्यो। आज मातातीर्थ औँसी, आमाको मुख हेर्ने दिन। आमाको मुहार धमिलो सम्झनामा आइरहेछ। यस पावन दिनमा सम्पूर्ण आमाप्रति हार्दिक श्रद्धा र सम्मान व्यक्त गर्दछु। आमा पृथ्वीको प्रत्यक्ष स्वरूप हुनुहुन्छ। सबैमा आमाप्रतिको समर्पण र कृतज्ञताको भावना अझ प्रगाढ बनोस्। शुभकामना!’

पूर्वप्रधानमन्त्री प्रचण्डले भने आफ्नी आमाको तस्बिरसमेत समाजिक सञ्जालमा राख्दै लेखेका छन्, ‘हार्दिक श्रद्धाञ्जली आमा!’ 

प्रधानमन्त्री ओलीकी आमाको नाम मधु ओली हो भने पूर्वप्रधानमन्त्री प्रचण्डकी आमाको नाम भवानी दाहाल हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad