साहित्य


कानुनी शब्दकोश सार्वजनिक

कानुनी शब्दकोश सार्वजनिक

नेपालखबर
साउन ६, २०८२ मंगलबार २२:४५, काठमाडौँ

नेपाल कानुन आयोगले आफ्नो पछिल्लो प्रकाशन 'कानुनी शब्दकोश' आज सार्वजनिक गरेको छ।

कानुन आयोगको नयाँ बानेश्वरस्थित सभाकक्षमा आयोजित एक कार्यक्रमबीच शब्दकोश सार्वजनिक गरिएको हो।

कार्यक्रममा आयोगका अध्यक्ष जागेश्वर सुवेदी, उपाध्यक्ष प्राडा लक्ष्मीप्रसाद मैनाली, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सचिव (कानुन) फणीन्द्र गौतम, कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालयका सचिव पाराश्वर ढुङ्गाना, कानुन आयोगका सचिव आलोकचन्द्र श्रेष्ठ र सम्पादक रवीन्द्र भट्टराईले सामूहिक रूपमा शब्दकोश विमोचन गरे।

शब्दकोशमा कानुन र न्यायक्षेत्रमा बहुप्रचलित शब्द,  नेपाल कानुन अर्थात् विभिन्न ऐन र नियमावलीमा पारिभाषिक रूपले प्रयोग गरिएका शब्द र पदावलीहरूको प्रविष्टि रहेको छ। झन्डै सात हजार शब्द वा पदावली रहेको शब्दकोशमा पद-पदावलीको अंग्रेजी रूपान्तर र प्रयोजनपरक कानुनी अर्थ समेटिएको छ।

शब्द सङ्कलन तथा सम्पादन संयोजक रहेका आयोगका उपाध्यक्ष मैनालीले शब्दकोशको लेखन र सम्पादनको काम बौद्धिक कामहरूमा पनि सबैभन्दा कष्टसाध्य रहने बताए। उनले यस शब्दकोशले नेपाली कानुनी वाङ्मयमा एक कोशेढुङ्गाको काम गर्ने विश्वास पनि व्यक्त गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad