संयुक्त राज्य अमेरिकाको बिस्कनसिन राज्यस्थित म्याडिसनमा रहेका नेपालीहरूको संस्था नेपाली अमेरिकी मैत्री संघ (नाफा) ले साहित्य साँझ सम्पन्न गरेको छ।
संस्थाको १८ औं साहित्य साँझ गीतकार आनन्द अधिकारीको प्रमुख आतिथ्य तथा नाफाका अध्यक्ष आविष्कार भारतीको सभापतित्वमा सम्पन्न भएको हो।
कविता प्रतियोगिताका लागि निर्णायकहरूमा आनन्द अधिकारी, वसन्त श्रेष्ठ र रीना चौधरीका साथै डा हेमन्त श्रेष्ठ, धन मल्ल श्रेष्ठ र कृष्ण सिजापति रहेका थिए।
कार्यक्रममा २० जना सहभागी थिए। १६ जनाले प्रतियोगितामा भाग लिएका थिए। नरेन्द्रराज रेग्मी प्रथम, सन्तोषी भण्डारी द्वितीय र डा अजित घिमिरे तृतीय स्थान हासिल गरे।
२१ जना बालबालिकाहरू समेतले सरस कविता वाचन गरेको सो कार्यक्रमको सञ्चालन लेख काफले, अशिम घिमिरे र जुना रिजालले गरे।
कार्यक्रमको अन्त्यमा वरिष्ठ गीतकार आनन्द अधिकारीले आफ्ना दुई कविता वाचन गर्नुका साथै विदेशी भूमिमा नेपाली साहित्य र संगीतको संरक्षण र प्रवर्धनमा प्रवासी नेपाली समुदायले गरेको कामको खुलेर प्रशंसा गरे।
Shares

प्रतिक्रिया