कोशी


प्रहरी हिरासतबाट छुटाइदिने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ

प्रहरी हिरासतबाट छुटाइदिने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ

नेपालखबर
चैत १०, २०८२ मंगलबार २१:२९, ​विराटनगर

लागुऔषध मुद्दामा पक्राउ परेका व्यक्तिलाई प्रहरी हिरासतबाट छुटाइदिने प्रलोभन देखाई रकम ठगी गर्ने दुई जनालाई झापा प्रहरीले नियन्त्रणमा लिएको छ।

इलाका प्रहरी कार्यालय दमकले कमल गाउँपालिका–६ गुवाबारीबाट खैरो हिरोइन सहित पक्राउ परेका लक्ष्मण राजवंशीलाई हिरासतबाट निकालिदिने आश्वासन दिलाई उनका दाजु रामप्रसाद राजवंशीसँग १ लाख ५० हजार रुपैयाँ ठगी गर्ने कार्यमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरेको हो।

ठगी गरि पक्राउ पर्नेमा दमक नगरपालिका–९ का ३० वर्षीय अरुण दनुवार र कमल गाउँपालिका–६ खैरबारी बस्ने ३२ वर्षीय सुमन खड्का रहेका छन्। पीडितले दिएको सूचनाका आधारमा प्रहरीले उनीहरूलाई फागुन ८ गते पक्राउ गरेको हो।

पक्राउ परेका दुवै जनालाई  मुलुकी अपराध संहिता २०७४ अन्तर्गत ठगी तथा आपराधिक लाभ कसुरमा जिल्ला अदालत झापाबाट सात दिनको म्याद थप गरी आवश्यक अनुसन्धान अघि बढाइएको इलाका प्रहरी कार्यालय दमकका डीएसपी किशोर लम्सालले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad