सङ्खुवासभामा मत गणना अझै सुरु हुन सकेको छैन। मत पेटिका अझै नआइपुग्दा मत गणना भोलिदेखि मात्रै हुने देखिएको छ।
माथि भोट खोला छुदामबाट मतपेटिका आज पनि नआउने भएको छ। ६१ मतदाता रहेको यो केन्द्रबाट मत पेटिका ल्याउनको लागि हेलिकोप्टर पठाइएको भए पनि मौसम प्रतिकुल भएको कारण समस्या भएको सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाले जानकारी दिइन्।
मौसमको कारण हेलिकोप्टर बस्न नसक्दा समस्या भएको छ। माथिल्लो भेगको अन्य क्षेत्रको भने हेलिकोप्टरबाट ल्याइसकिएको छ। तल्लो क्षेत्रको भने सडक भएर ल्याउने काम भइरहेकोले साँझ साँढे ६ बजेसम्म आई सक्ने थपलियाले बताइन्।
छुदामको मत पेटिका ल्याउनको लागि आज सम्भव नभएपछि भोली त्यहाँको मत पेटिका आएपछि मात्रै मत गणनाको प्रक्रिया सुरु हुने प्रमुख जिल्ला अधिकारी थपलियाले बताइन्।
Shares

प्रतिक्रिया