कोसी प्रदेश सरकारले आगामी आर्थिक वर्षदेखि आइतबार दिइँदै आएको सार्वजनिक बिदालाई पुनरावलोकन गर्ने भएको छ।
आगामी आर्थिक वर्षको बजेट भाषणको क्रममा कोसी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिङ्थेपले आगामी आर्थिक वर्षदेखि आइतबार दिइँदै आएको सार्वजनिक बिदालाई पुनरावलोकन गरिने उल्लेख गरेका हुन्।
कोसी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि कोसी प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि ४० अर्ब ४४ करोड ९८ लाख बजेट विनियोजन गरेको छ। चालुतर्फ कुल १३ अर्ब ९७ करोड ६३ लाख पुँजीगततर्फ २० अर्ब ७५ करोड ९९ लाख र वित्तीय व्यवस्थापनतर्फ १५ करोड विनियोजन गरेको हो।
आर्थिक मामिला तथा योजना मन्त्री लिङ्थेपले आगामी आर्थिक वर्षको लागि विनियोजन बजेट चालु आर्थिक वर्षको तुलनामा १२ दशमलव ७४ प्रतिशतले बढी रहेको बताए। त्यस्तै स्थानीय तहको वित्तीय हस्तान्तरणमा ५ अर्ब ५६ करोड ३६ लाख छ।

प्रतिक्रिया