राजनीति


झापा-५ मा बालेनको ‘सुनामी’ : केपी ओली ९ हजार मतले पछाडि

झापा-५ मा बालेनको ‘सुनामी’ : केपी ओली ९ हजार मतले पछाडि

नेपालखबर
फागुन २२, २०८२ शुक्रबार १७:४४, काठमाडौँ

झापा क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले आफ्नो अग्रतालाई थप फराकिलो बनाएका छन्।मतगणनाको प्रारम्भदेखि नै अगाडि देखिएका बालेनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको मतान्तर ९ हजार २५३ पुर्‍याएका हुन्।

निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको पछिल्लो मतपरिणाम अनुसार बालेनले ११ हजार ९४५ मत प्राप्त गरेका छन्र। उनलाई पछ्याइरहेका एमाले अध्यक्ष ओलीले २ हजार ६ सय ९२ मत पाएका छन्।

यसैगरी, श्रम संस्कृति पार्टीका उम्मेदवार समीर तामाङ १ हजार ४ सय ७७ मतका साथ तेस्रो स्थानमा हुनुहुन्छ। अन्य उम्मेदवारहरूमा नेपाली कम्युनिस्ट पार्टीका रञ्जित तामाङले ३५५ र नेपाली कांग्रेसकी मन्धरा चिमरियाले ३ सय ३५ मत प्राप्त गरेका छन्।

झापा-५ मा बालेनको यो सुरुवाती रफ्तारले चुनावी प्रतिस्पर्धालाई थप रोचक बनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad