सुनसरीको धरानमा आइतबार दिउँसो एक भयानक बस दुर्घटना हुँदा ५ जनाको ज्यान गएको छ।
भेडेटारबाट धरानतर्फ आउँदै गरेको को १ ख ७११९ नम्बरको बस अचानक ब्रेक फेल भएर सडक किनारको एक घरमा जोतिएको हो।
बस तीव्र गतिमा आउँदा सिधै घरभित्र पसेकाले घरमा क्षति पुग्नुका साथै त्यहाँ रहेका स्थानीयहरू पनि दुर्घटनामा परेको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायब उपरीक्षक भीषणबहादुर राईका अनुसार, दुर्घटनामा परी ५ जनाको घटनास्थलमै मृत्यु भएको छ।
बस ठोक्किएको उक्त घरमा मेडिकल समेत सञ्चालनमा रहेकाले उपचार र चेकजाँचका लागि त्यहाँ जम्मा भएका स्थानीयहरू दुर्घटनामा परेका छन्।
दुर्घटनामा परी घाइते भएका ९ जनामध्ये ८ जनाको अवस्था गम्भीर रहेको छ। उनीहरूलाई तत्काल उद्धार गरी उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याइएको छ।
हालसम्म मृतकहरूको सनाखत हुन सकेको छैन।
Shares

प्रतिक्रिया