इलेक्ट्रोनिक्स ब्रान्ड सीजी ब्रान्डले आफ्नो सीजीको साथमा, वर्ल्डकप टिकट हातमा' योजना अन्तर्गत दोस्रो चरणका विजेता सार्वजनिक गरेको छ।
आगामी आईसीसी टी–२० पुरुष विश्वकपलाई लक्षित गर्दै ल्याइएको यस योजनामा सहभागी ग्राहकहरूमध्ये डिजिटल गोलाप्रथाद्वारा दोस्रो चरणका लागि दुई जना भाग्यशाली विजेता छनोट गरिएको कम्पनीले जनाएको छ।
यस दोस्रो चरणको डिजिटल गोलाप्रथामार्फत कैलालीका आकाश कुँवर र रुपन्देहीका मन्दिप पोख्रेल विजेता बन्न सफल भएका छन्। कैलाली, धनगढी निवासी कुँवरले धनगढी, कैलालीस्थित न्यु मनिषा इलेक्ट्रोनिक्स एण्ड सप्लायर्सबाट सीजी ब्रान्डको म्युजिक सिस्टम खरिद गरी सहभागिता जनाएका थिए। त्यसैगरी तिलोत्तमा, रुपन्देही निवासी पोख्रेलले भलबारी, रुपन्देहीस्थित भुवन इलेक्ट्रिकल्सबाट सीजी ब्रान्डको ४३ इन्चको टेलिभिजन खरिद गरेका थिए।
कम्पनीका अनुसार दुवै विजेताले ५ दिने मुम्बई भ्रमणको पूर्ण प्याकेज प्राप्त गरेका छन्। यस भ्रमण प्याकेजमा काठमाडौँ-मुम्बई दुईतर्फी हवाइ टिकट, तारे होटेलमा बसाइ, खानपिन र मुम्बई सिटी टुर समावेश छ।
साथै, मुम्बईको वानखेडे स्टेडियममा हुने आईसीसी टी–२० पुरुष विश्वकप अन्तर्गत नेपाली टोलीको १ खेलको टिकट समेत समावेश गरिएको छ। कम्पनीले योजना अझै जारी रहेको जानकारी गराएको छ।
Shares

प्रतिक्रिया