कोशी


वडाध्यक्षले कुटे योजना अधिकृत, कर्मचारी आन्दोलित

वडाध्यक्षले कुटे योजना अधिकृत, कर्मचारी आन्दोलित

नेपालखबर
कात्तिक २७, २०८२ बिहिबार १९:४२, विराटनगर

धनकुटाको साँगुरीगढी गाउँपालिकामा कार्यरत योजना अधिकृतमाथि गाउँपालिकाकै वडाध्यक्षले कार्यकक्षमै कुटपिट गरेका छन्।

गाउँपालिकाको वडा नं.१ का वडाध्यक्ष गोबिन्द लिम्बुले योजना अधिकृत (अधिकृत स्तर-आठौँ) द्रोण बहादुर राईमाथि बुधवार साँझ करिब ४ : ५० बजे कार्यकक्षभित्र नै कुटपिट गरेको गाउँपालिका कार्यालयले जनाएको छ।

घटनापछि गाउँपालिकाका कर्मचारीहरूले सामूहिक रूपमा विरोध जनाउँदै विज्ञप्ति जारी गरेका छन्। विज्ञप्तिमा राष्ट्रसेवक कर्मचारीमाथि कार्यस्थलमै भएको शारीरिक आक्रमणलाई ‘निर्घात र अक्षम्य’ बताइएको छ।

‘कार्यकक्षमै आफ्नो कर्तव्यपालन गरिरहेका कर्मचारीमाथि भएको हमला निन्दनीय छ। जनप्रतिनिधिले कर्मचारीको अभिभावक बन्नुपर्नेमा उल्टै हातपात गर्नु अस्वीकार्य छ,’विज्ञप्तिमा उल्लेख गरिएको छ।

कर्मचारीहरूले उक्त घटनाले सम्पूर्ण कर्मचारीको मनोबलमा नकारात्मक असर पारेको भन्दै आक्रमणकारी वडाध्यक्षलाई कानुनी दायरामा ल्याई कडा कारबाही गर्न माग गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad