बिहार विधानसभा चुनावको मतगणना हुनुअगाडि राष्ट्रिय जनता दल (आरजेडी) का नेता तथा एमएलसी सुनील सिंह आफ्नो विवादास्पद बयानका कारण समस्यामा परेका छन्।
सञ्चारमाध्यमसँग कुरा गर्दै सिंहले मतगणनामा धाँधली वा अनियमितता भयो भने बिहारका सडकमा ‘नेपालमा जस्तै दृश्य’ देखिने चेतावनी दिएका थिए।
नवभारत टाइम्सका अनुसार उनको यो भनाइलाई गैरजिम्मेवार र उत्तेजक भन्दै बिहारका प्रहरी महानिदेशक (डीजीपी) विनय कुमारले उनीविरुद्ध कडा कारबाही गर्न आदेश दिएका छन्। उनले नेता सिंहविरुद्ध एफआरआई दर्ता गरिने बताएका छन्।
आरजेडी नेता सुनील सिंहको अभिव्यक्तिलाई कानुनी व्यवस्था र निर्वाचन आयोगलाई प्रत्यक्ष चुनौतीका रूपमा हेरिएको छ।
डीजीपी विनय कुमारले यस्ता उत्तेजक भनाइ कुनै पनि परिस्थितिमा स्वीकार गर्न नसकिने बताउँदै कानुनअनुसार कारबाही गरिने बताएका छन्।
Shares

प्रतिक्रिया