कोशी


व्यापक वर्षाको सम्भावनापछि मोरङमा सेनाको हेलिकप्टर तयारी अवस्थामा

व्यापक वर्षाको सम्भावनापछि मोरङमा सेनाको हेलिकप्टर तयारी अवस्थामा

नेपालखबर
असोज १७, २०८२ शुक्रबार १४:६, विराटनगर

मोरङका केशलिया, सिंगिया र दरैया खोला आसपासका बस्तीमा बाढी तथा सम्भावित प्रकोपबारे माइकिङमार्फत सचेत गराउने निर्णय गरेको छ।

जल तथा मौसम विज्ञान विभागले आज असोज १७ देखि २० गतेसम्म व्यापक वर्षा हुने प्रक्षेपण गरेकाले जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले बेलैमा सचेतना गराउने निर्णय गरेको हो। 

आवश्यकता परे स्थानान्तरणको तयारीसमेत गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए।

यसैबीच जोखिमलाई ध्यानमा राखी जिल्लाबाट अन्यत्र जाने रात्रिकालीन लामो दूरीका बस सेवा पनि स्थगन गराउने विचार गरिएको उनले बताए।

विपद् पूर्व तयारी तथा प्रतिकार्य योजनाअनुसार मोरङका सबै स्थानीय तहमा रहेका स्थानीय विपद् व्यवस्थापन समिति सक्रिय रहने निर्णय पनि बैठकले गरेको छ।

साथै यस अभियानमा स्थानीय स्वयंसेवक, गैरसरकारी संस्था तथा निजी संघसंस्थालाई सहभागिताका लागि अनुरोध गरिएको छ।

प्रकोप व्यवस्थापन थप सुदृढ बनाउन नेपाली सेनाको टोलीसहित हेलिकप्टर तयारी अवस्थामा राखिएको र सबै सुरक्षा निकायका पदाधिकारी सम्मिलित कमान्ड पोस्ट निरन्तर सञ्चालनमा रहने प्रमुख जिल्ला अधिकारी यादवले बताए। 

जिल्लाभित्रका उच्च जोखिमयुक्त स्थानमा सुरक्षा निकायलाई पूर्व सचेतना दिइएको छ भने ठुला अस्पताल तथा स्वास्थ्य संस्थालाई आपत्‌कालीन सेवाका लागि तयारी अवस्थामा रहन भनिएको छ।

विपद् व्यवस्थापन कमान्ड पोस्टमार्फत सम्पर्क राख्न नेपाल प्रहरीको टोल फ्री नं. १००, सशस्त्र प्रहरी बलको १११४लगायत पदाधिकारीको प्रत्यक्ष सम्पर्क नम्बर सार्वजनिक गरिएको छ।

त्यस्तै सम्भावित उद्धार र प्रतिकार्यका लागि आवश्यक ठुला उपकरण परिचालन गर्न हेभी इक्विपमेन्ट डिभिजन, स्थानीय तह र निजी क्षेत्रलाई सक्रिय सहन पनि आग्रह गरिएको उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad