नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीति र समाज व्यवस्था कुनै एक पुस्ताको मात्र विषय नभएको बताएका छन्।
सत्ता नै ढाल्ने जेनजी आन्दोलनको चर्चा व्यापक बनिरहेका बेला एमाले महासचिव पोखरेलले देश कुनै एक पुस्ताको मात्र पेवा हुन नसक्ने आशय व्यक्त गरेका हुन्।
‘पूर्वीय दर्शनले मानव समाजलाई चार पुस्ताको संयोजन मान्दछ। नेकपा एमालेले पार्टी निर्माणमा तीन पुस्ताको संयोजनको दृष्टिकोण अघि सार्दै आएको छ। राजनीति र समाज व्यवस्थाको विषय कुनै एक पुस्ताको मात्र विषय होइन, हुन सक्तैन’, पोखरेलले शुक्रबार दिउँसो सामाजिक सञ्जालमा लेखेका छन्, ‘खास समयमा देखिने असन्तोष र विद्रोह आफ्नो ठाउँमा छ। समाज र राजनीतिले नयाँ पुस्ताको आकांक्षालाई समेत सम्बोधन गर्ने प्रयास गर्नुपर्छ। तर त्यही नै समाज र राजनीतिको अबको बाटो हो भनेर भ्रमित हुनुहुँदैन।’
Shares

प्रतिक्रिया