झापाको कन्काई नगरपालिका-४ कोटीहोमस्थित सडक छेउमा ६४ वर्षीय एक पुरुष मृत अवस्थामा फेला परेका छन्।
साँझ करिब ६ बजे मृत भेटिएका व्यक्ति शिवसताक्षी नगरपालिका-२ निवासी मित्रबहादुर लिम्बु भएको प्रहरीले पुष्टि गरेको छ। मृतकको पहिचान उनका भान्जा मोहन लिम्बुले गरेका हुन्।
घटनास्थलमा इलाका प्रहरी कार्यालय सुरुङगाबाट प्रहरी निरीक्षक सुबास ढुंगानाको कमाण्डमा खटिएको टोलीले स्थल सुरक्षित गरेको थियो।
साथै थप अनुसन्धान र कानुनी प्रक्रिया अघि बढाउन इलाका प्रहरी कार्यालय अनारमनीबाट समेत प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
87
Shares

प्रतिक्रिया