राष्ट्रिय सभाका पूर्वअध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रयोग गर्ने गरेको संसद् सचिवालयको गाडी फिर्ता गरेका छन्।
तिमिल्सिनाले चढ्ने गरेको बा सी ३७३८ नम्बरको गाडी जिल्ला प्रशासन कार्यालय कास्कीमार्फत फिर्ता गरेका हुन्।
सरकारले पूर्वपदाधिकारीसँग भएका सवारीसाधानलगायत सुविधा फिर्ता गर्न भनेको थियो।
सोही कारण राष्ट्रिय सभाका पूर्वअध्यक्ष तिमिल्सिनाले शनिबार कास्की जिल्ला प्रशासनमा गाडी बुझाएका हुन्।

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाको ६ वर्षे कार्यकाल २०८० फागुन २० मै सकिएको थियो। तिमल्सिना २०७४ सालमा राष्ट्रिय सभा अध्यक्ष बनेका थिए।
519
Shares

प्रतिक्रिया