कोशी


धनकुटामा स्कार्पियो दुर्घटना हुँदा पाँचजना घाइते

धनकुटामा स्कार्पियो दुर्घटना हुँदा पाँचजना घाइते

नेपालखबर
जेठ १४, २०८२ बुधबार २१:२२, विराटनगर

धनकुटामा स्कार्पियो दुर्घटना हुँदा पाँचजना घाइते भएका छन्। बुधबार दिउँसो धरानबाट संखुवासभातर्फ जाँदै गरेको को १ च ६६४० नम्बरको स्कार्पियो गाडी राजमार्ग अन्तर्गत धनकुटाको साँगुरीगढी गाँउपालिका वडा नम्बर ६ चरखोले गोलाईमा दुर्घटना भएको प्रहरीले जनाएको छ। 

बेक्र फेल भई सडकबाट करिब ५० मिटर तल खसेर भएको दुर्घटनामा घाइते भएका चालक सहित पाँच जनालाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान उपचारका लागि पठाइएको छ।

दुर्घटनामा स्कार्पियोका चालक सप्तरी बोदेबर्साईन  नगरपालिका वडा नम्बर ३ का वर्ष ३८ का राकेशकुमार यादव, उदयपुर त्रियुगा नगरपालिका बस्ने वर्ष ६५ को ललित परियार, मोरङ विराटनगर  महानगरपालिका वडा नम्बर ३ बस्ने वर्ष ३३ की एन्जिला अधिकारी, विराटनगरका २३ वर्षीय  निर्मला गुर्वाजु र उर्लाबारी नपा १ बस्ने वर्ष ३० की ज्ञानु गौतम घाइते भएका छन्।

अनुहार र टाउकोमा चोट लागेका परियारको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ। 

उक्त स्कर्पियोमा सवार रहेको ४ जना नै हर्ल्ड नेपाल विराटनगर संस्थामा कार्यरत कर्मचारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad