कोशी


कोसी प्रदेशसभाको शून्य समय : सांसदले उठाए बिजुली झ्याप्प–झ्याप्प जाने समस्या

कोसी प्रदेशसभाको शून्य समय : सांसदले उठाए बिजुली झ्याप्प–झ्याप्प जाने समस्या

सुमन सुस्केरा
जेठ ६, २०८२ मंगलबार १६:४, काठमाडौँ

कोसी प्रदेशसभाको शून्य समयमा मलखाद, विद्युत् कटौती लगायतको विषयहरू विषय उठान गरेका छन्। मंगलबारको प्रदेशसभाको बैठकमा सांसदहरूले किसान, उद्योगी व्यवसायी लगायतको समस्यालाई प्राथमिकताका साथ  प्रस्तुत गरे। 

झापाकी सांसद सविना बजगाईँले विद्युत् प्राधिकरणले पटक पटक विद्युत् कटौतीको कारण  नागरिकले सास्ती पाएको बताइन्। अर्का सांसद गोपालबहादुर विश्वकर्माले अहिले किसानले खाद मल नपाएको विषय उठाए। मल खाद अभावको कारण किसानलाई बोर्डरमा प्रहरीले दुख दिएको बताए। 

किसानले मल  खादको समस्या झेली रहेको अवस्थामा समेत नीति तथा कार्यक्रममा मल खादको विषय नआएको आरोप लगाए। ‘सरकारले किसान, मजदुर र नागरिकलाई हुने खालको काम नगरेकै कारण प्रदेश काम छैन भनेर सर्वसाधारणले भन्दा कान थोत्रो भएको हो,’ उनले भने।

इलामकी सांसद खगेश्वरी पौडेलले कोसी प्रदेशका सांसदहरू दुर्घटनामा परेको विषय उठाइन्। सांसद मिना श्रेष्ठले समेत सांसदहरूको स्वास्थ्य लाभको कामना गरिन्। 

धनकुटाका सांसद इन्द्रमणि पराजुलीले धनकुटाको महालक्ष्मी नगरपालिका ९ मा वैशाख ३१ गते भएको आगलागीमा परि ३ वटा घर नष्ट भएको जानकारी दिए। सामान्य किसान परिवारको अहिले पनि बिचल्ली रहेकोले राहत पाउने व्यवस्था तत्काल मिलाउन सरकारसँग आग्रह गरे। 

अर्की सांसद शिला दीक्षित कार्कीले विराटनगरका अधिकांश अस्पतालहरूको आफ्नो पार्किङ स्थल नभएको सुनाइन्। उनले विराटनगरमा छुट्टै जलन अस्पताल स्थापना गर्न सरकारको ध्यानाकर्षण गराइन्।
 
सुनसरीका सांसद रमेश बस्नेतले कामकै सिलसिलामा प्रदेशसभातर्फ आएका सांसदले उनीहरूको उपचारमा ध्यान दिन प्रदेश सरकारको ध्यानाकर्षण गराए। स्थानीय सेवा सर्तहरूको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक असाध्यै राम्रो भनिएको थियो तर अहिले कानुन कार्यान्वयनमा जटिलता आएको उनले बताए। 

संसद् शोभा चेम्जोङले समेत विद्युत् झ्याप्प झ्याप्प जाने गरेको बताइन्। अहिले निक्कै समस्या देखिएकोले उद्योगहरूलाई विद्युत् आपूर्तिको समस्याको कारण उत्पादनमा नै असहज अवस्था सिर्जना भएको बताइन्।

पाँचथरका सांसद कमलप्रसाद जबेगुले विगत २ वर्षमा ५ वटा पुल र यो वर्ष २ वटा पुलहरू बाढीले बगाएको बताए। ‘फालेलुङमा मात्रै अहिले २३६ घर विस्थापित छन्, उनले भने, ‘यो वर्ष पनि वर्षा सुरु भएको छ, उनीहरूको पुन स्थापना कहिले गर्ने, यो पालिकालाई बेवास्ता गरिएको हो?’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad