कोशी


सुनसरीमा कार सडकबाट हुतिएर रुखमा ठोकिँदा १ जनाको मृत्यु, ३ यात्रु घाइते

सुनसरीमा कार सडकबाट हुतिएर रुखमा ठोकिँदा १ जनाको मृत्यु, ३ यात्रु घाइते

इटहरीमा रुखमा ठोकिएर कुच्चिएको कार।


नेपालखबर
बैशाख ७, २०८२ आइतबार ८:४०, विराटनगर

कोसी राजमार्गअन्तर्गत सुनसरीको इटहरीमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ३ यात्रु घाइते भएका छन्। 

जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी योगराज खतिवडाका अनुसार इटहरी उपमहानगरपालिका-२०, पानीपिया जंगलमा शनिबार राति ११ बजेतिर प्र–०१–०३० च ४६१८ नम्बरको कार आफैँ अनियन्त्रित भएर दुर्घटना भएको हो। 

धरानबाट इटहरीतर्फ जाँदै गरेको  कार रुखमा ठोकिन पुगेको उनले बताए। 

दुर्घटनामा कारमा सवार इटहरी-१ का ४० वर्षीय विष्णु राउतको मृत्यु भएको हो। 

प्रहरीका अनुसार गम्भीर घाइते भएका उनको उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा  मृत्यु भएको डीएसपी खतिवडाले बताए।

यस्तै दुर्घटनामा कार चालक सुनसरीको रामधुनी नगरपालिका–७ का ३० वर्षीय विवेक लामा, यात्रुहरू इटहरी-४ का ४३ वर्षीय गंगा बस्नेत र इटहरी-१ का ३१ वर्षीय कल्याण कटुवाल घाइते भएका छन्।

उनीहरूको उपचार बीपीमै भइरहेको प्रहरीले जनाएको छ। 

कारमा चालकसहित ४ जना सवार थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad