ad ad

कोशी


प्रदेश १ मा कांग्रेसले छान्न सकेन संसदीय दलको नेता, शुक्रबार निर्वाचन हुने

पाँच जना आकांक्षी, मनोनयन शुल्क २५ हजार
प्रदेश १ मा कांग्रेसले छान्न सकेन संसदीय दलको नेता, शुक्रबार निर्वाचन हुने

ध्रुव भट्टराई
पुस १२, २०७९ मंगलबार १४:३६, काठमाडौँ

नेपाली कांंग्रेस प्रदेश १ को नेता चयनमा सकस भएपछि निर्वाचनको विधिमार्फत दलको नेता छान्ने भएको छ। 

आन्तिरीक छलफल मार्फत सहमतिमा नेता चयनको प्रयास असफल भएपछि निर्वाचनको विधिमार्फत नेता चयन हुन लागेको छ।

विशेषतः दलको नेताका पाँच जना आकाक्षीले दाबी नछाडेपछि शुक्रबार भोटिङमार्फत दलको नेता छान्ने भएको हो।

यसअघि कायम सत्ता गठबन्धनमा रहदा गठबन्धनभित्रको सबै भन्दा ठुलो दल भएका कारणपनि कांग्रेसमा दलको नेता बन्न पाँचजना आकांक्षी थिए। 

गठबन्धनमा सबैभन्दा ठूलो दल भएका कारण पनि प्रदेशको नेतृत्व पाइने आशामा कांग्रेसभित्र दलको नेताका लागि प्रतिस्पर्धा बढी थियो।

तर केन्द्रमा बामगठबनधको नेतृत्वमा सरकार बनीसकेपनि कांग्रेसका प्रदेश सभापति उद्धव थापा, केन्द्रीय सदस्यहरू अमृत अर्याल र भीम पराजुली तथा हालका आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्की र भौतिक पूर्वधार मन्त्री रहेको हिमाल कार्की दलको नेता बन्ने दौडबाट पछि हटेका छैनन्।

जसका कारण निर्वाचन पक्रियाबाट दलको नेता छन्ने अबस्थामा नेपाली काग्रेस प्रदेश १ समिति पुगेको छ ।

कार्की शेखर कोइराला पक्षका हुन् भने थापा, अर्याल र पराजुली संस्थापन पक्षका। प्रदेश सभापति थापा कृष्णप्रसाद सिटौला समूहका हुन्। सिटौला संस्थापन पक्षमा लागेसँगै उनी पनि सोही समूहमा उभिएका झापाली नेता हुन्। हिमाल कार्की पनि दलको नेताको आकाक्षी हुन्।

सोमबार भएको छलफलमा कसैले दाबी नछाडेपछि पुस १५ गतेका लागि निर्वाचन तोकिएको हो।

निर्वाचनका लागि राष्ट्रियसभामा कांग्रेस संसदीय दलको नेता तथा कांग्रेस १ नम्बर प्रदेश समितिका उपसभापति रमेशजंग रायमाझीको संयोजकत्वमा निर्वाचन समिति गठन भएको छ।

समितिले निर्वाचन कार्यतालिका पनि सार्वजनिक गरेको छ। बिहीबार मनोनयन दर्ताका लागि समय निर्धारण गरिएको छ। संयोजक रायमाझीका अनुसार संसदीय दलको नेताले मनोनयन दर्ताका लागि २५ हजार रुपैयाँ शुल्क बुझाउनुपर्नेछ।

बिहीबार नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तयारी गरेको समितिले शुक्रबार बिहान ९ बजेदेखि १० बजेसम्म मतदानको समय निर्धारण गरेको छ। २९ सदस्यीय संसदीय दलमा अमृत अर्याल दलको नेताको प्रमुख दाबेदार हुन्। संस्थापन पक्षका उनी दुई कार्यकाल केन्द्रीय सदस्य बनिसकेका छन्।

सभापति शेरबहादुर देउवा समूहमा अमृत अर्याल, हिमाल कार्कीसहित ११ जना छन्। दोस्रो पटक प्रदेशसभा सदस्य निर्वाचित कार्कीले पनि यसअघि दलको नेतामा आकांक्षा राखेका थिए।

संसदीय दलको नेतामा कृष्णप्रसाद सिटौला पक्षबाट भीम पराजुली र उद्धव थापाले दाबी गरेका छन्। डा शेखर कोइराला पक्षबाट केदार कार्की दाबेदार छन्।

विराटनगर महानगरपालिकाका पूर्वमेयर भीम पराजुली १३ औं अधिवेशनबाट विराटनगरको नगर सभापति निर्वाचित भएका थिए। १४ औं महाधिवेशनमा उनी केन्द्रीय सदस्य निर्वाचित भए। थापा पराजुलीसहित सिटौला समूहमा ९ जना छन्।

प्रदेशसभा सदस्यमा दोस्रो पटक निर्वाचित केदार कार्की कोइराला पक्षबाट प्रमुख दाबेदार हुन्। उनी वर्तमान सरकारमा आन्तरिक मामिला तथा कानुन मन्त्री छन्। केदार कार्की, इन्दिरा थापा, मानबहादुर लिम्बुसहित ९ जना डा कोइराला पक्षका छन्। 

कांग्रेस माओवादी गठबन्धन टुटेपछि कांग्रेस प्रतिपक्षमा बस्ने पकापक्की छ। प्रदेश १ मा कांग्रेससँग प्रत्यक्ष १७ र समानुपातिक १२ गरेर २९ जना सांसद छन्।

एमालेले यसअघि नै संसदीय दलको नेतामा पुर्व आन्तिरीक मामिला तथा कान्रनमन्त्ती रहेको हिक्मत कार्की चयान भएका छन् भने माओवपादी केन्द्रले आज  पुस १२ गते  नेता टुंगो लगाउदै छ। दलको नेतामा प्रदेशसभाको विगत ५ वर्षे कार्यकालमा दुईपटक आर्थिक मामिला तथा योजनामन्त्री बनेका इन्द्रबहादुर आङ्बो र दुर्गाप्रसाद चापागाईं आकाक्षी रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .