अमेरिकाका विदेशमन्त्री मार्को रुबियोले इरानसँग जारी संकट अन्त्य गर्न अमेरिका वार्ता र सम्झौताका लागि तयार रहेको तर इरान यस विषयमा गम्भीर नदेखिएको बताइका छन्।
बीबीसी फारसीका अनुसार रुबियोले दक्षिणपूर्वी एसियाली देशका विदेशमन्त्रीहरूको बैठकमा अमेरिका-इरान तनावका विषयमा आफ्नो विचार राखेका हुन्।
उनले भने, ‘संकट अन्त्य गर्न अमेरिका अझै पनि इरानसँग वार्ता गर्न तयार छ, तर इरान वार्ताप्रति गम्भीर छैन।’
यसैबिच इरानका एक वरिष्ठ अधिकारीले सोमबार रोयटर्ससँग भनेका छन्, ‘इरानले मध्यस्थकर्ताहरूमार्फत १० दिने युद्धविरामको प्रस्ताव प्राप्त गरेको छ।’
इरानका गृहमन्त्रीले हालै पाकिस्तानको भ्रमण गरेका थिए। त्यस क्रममा उनले पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफ र सेना प्रमुख जनरल असिम मुनिरसँग भेट गरेका थिए।
75
Shares

प्रतिक्रिया