कारोबार


उद्योगीलाई अर्थमन्त्रीको आश्वासन– निजी क्षेत्रको मनोबललाई उच्च बनाएर काम गर्छु

उद्योगीलाई अर्थमन्त्रीको आश्वासन– निजी क्षेत्रको मनोबललाई उच्च बनाएर काम गर्छु

नेपालखबर
पुस १२, २०७९ मंगलबार १४:४१, काठमाडौँ

नवनियुक्त उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलसंग नेपाल उद्योग वाणिज्य महासंघको पदाधिकारी प्रतिनिधिमण्डलले आज मध्याह्न अर्थ मन्त्रालयमा भेटवार्ता गरेको छ। 

सो अवसरमा महासंघका अध्यक्ष शेखर गोल्छाले नवनियुक्त अर्थमन्त्रीलाई सिंगो निजी क्षेत्रकातर्फबाट बधाई एवं शुुभकामना दिए। 

अध्यक्ष गोल्छाले सो अवसरमा अर्थतन्त्रको पछिल्लो अवस्थाका बारेमा ब्रिफिङ पनि गरेका थिए। अध्यक्ष गोल्छाले अर्थतन्त्रको विद्यमान समस्या समाधानका लागि महासंघकोतर्फबाट सुुझाव समेत पेश गरेका थिए। 

अध्यक्ष गोल्छाले उद्योग व्यवसाय संचालनमा सबैभन्दा बढी समस्याको रूपमा देखापरेको चालू पुँजी कर्जा मार्ग निर्देशन कम्तीमा दुुई वर्ष स्थगन गर्न तथा तरलता व्यवस्थापन र ब्याजदर स्थायित्वका लागि केन्द्रीय बैंकले सबै मौद्रिक उपकरणको प्रयोग गर्नुपर्ने सुुझाव सो अवसरमा राखेका थिए। 

मुलुकको अर्थतन्त्र अति संवेदनशील अवस्थामा रहेकाले नवगठित सरकारको सिंगो ध्यान अर्थतन्त्रको पुनरुत्थानमा जानुपर्नेमा पनि अध्यक्ष गोल्छाले जोड दिए। 

अर्थतन्त्रमा बहुुआयामिक असर परेको, मौद्रिक नीतिको समीक्षा मार्फत पनि समस्या सम्बोधन हुन नसकेको र विशेष गरी समग्र बैंकिङ समस्याको कारण उद्योगी  व्यवसायी अत्यन्त कठिन अवस्थामा पुुगेकाले बाध्य भएर सडकमा आउने परिस्थिति बनेकाले त्यसको अन्त्य गर्न आग्रह गरे। 

महासंघका अध्यक्ष गोल्छाले अर्थ मन्त्रीज्यूबाट अर्थतन्त्रको संवेदनशीलता बुुझेर सोही अनुसार अर्थपूर्ण पहल हुने अपेक्षा निजी क्षेत्रले गरेको बताए। राजस्वले साधारण खर्च समेत धान्न नसक्ने अवस्था आएको, मूल्यवृद्धि सात वर्षयताकै उच्च रहेको र अर्थतन्त्रलाई चलायमान बनाउने निजी क्षेत्रनै अहिले संकुचित हुँदै गएको यथार्थता सो अवसरमा राखिएको थियो । 

नवनियुक्त उपप्रधान एवं अर्थमन्त्री पौडेलले आफ्नो कामको पहिलो सुरुवात नै महासंघको प्रतिनिधिमण्डलसंगको भेटबाट भएको बताए। निजी क्षेत्रका मागप्रति सरकार कति गम्भीर छ भन्ने कुरालाई निजी क्षेत्रको छाता संगठनसंगको भेटलाई दिएको प्राथमिकताले पनि स्पष्ट पार्ने उनले बताए। 

सरकार निजी क्षेत्र बीचको सम्बन्ध अन्योन्याश्रित रहेको उनले स्पष्ट पारे। 

‘निजी क्षेत्रको मनोबल ढल्यो भने अर्थतन्त्र पनि ढल्छ, तपाईंहरूको मनोबललाई उच्च बनाएर काम गर्ने मेरो पहिलो प्राथमिकता हुनेछ’, मन्त्री पौडेलले भने, ‘म तपाईहरूको प्रतिनिधि जस्तै भएर समस्या समाधानमा काम गर्नेछु।’ 

नेपाल राष्ट्र बैंकका गभर्नर, अर्थ मन्त्रालयका सचिवद्वयको समेत उपस्थितिमा आयोजित भेटघाटमा अर्थमन्त्री पौडेलले महासंघले अगाडि बढाएको अर्थतन्त्र जोगाऔं अभियानलाई सरकारको पनि समर्थन रहेको बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad