कोशी


सर्लाहीका सबै निर्वाचन क्षेत्रका लागि एमालेले गर्‍यो उम्मेदवार सिफारिस

सर्लाहीका सबै निर्वाचन क्षेत्रका लागि एमालेले गर्‍यो उम्मेदवार सिफारिस

नेपालखबर
भदौ २३, २०७९ बिहिबार १२:५८, सर्लाही

आगामी ४ मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि नेकपा एमालेले सर्लाहीका सबै क्षेत्रबाट उम्मेदवार सिफारिस गरेको छ। 

सर्लाही १ मा पार्टीका पूर्वजिल्ला अध्यक्ष रेवती पन्त, लालबन्दी नगरपालिकाका पूर्वमेयर मानबहादुर खड्का, पूर्व सभासद रञ्जना सरकार र ईश्वरपुर नगरपालिकाका पूर्वमेयर मनोज देवकोटा प्रत्यक्षतर्फ प्रतिनिधिसभामा उम्मेदवार सिफारिस भएका छन्।

त्यसैगरी सर्लाही २ मा पार्टीका जिल्ला अध्यक्ष राजनारायण साह मात्रै उम्मेदवार सिफारिस भएका छन्। सर्लाही ३ मा संविधान सभा सदस्य हरि उप्रेती, पूर्वमन्त्री बद्री न्यौपाने, नेता रेवती पन्त र भोजराज दाहाल उम्मेदवार सिफारिस भएको एमाले नेता विदुर प्याकुरेलले जानकारी दिए। 

त्यसैगरी सर्लाही ४ मा राकेशकुमार केवट, नन्दलाल राय र सञ्जीवकुमार सिंह उम्मेदवार सिफारिस भएका छन्। प्रतिनिधिसभामा उम्मदेवार सिफारिस हुने राय जिल्ला विकास समिति सर्लाहीका पूर्व सभापति हुन्।

त्यसैगरी प्रदेश सभाको प्रत्यक्षतर्फ सर्लाही १ ‘क’बाट चन्द्र भूषण साह र अहमत मियाँ उम्मेदवार सिफारिस भएका छन्। ‘ख’ मा शान्तिकुमारी लामा, प्रकाश थापा र लालसिंह लामालाई एमालेले उम्मेदवार सिफारिस गरेको छ। 

सर्लाही २ को ‘क’ मा किशुनदेव यादव र भिखारी साह उम्मेदवार सिफारिस भएका छन् भने ‘ख’ मा पूर्व जिविस संयोजक मेथु चौधरी र नेता दीपक राय उम्मेदवार सिफारिस भएका छन्।

त्यसैगरी सर्लाही ३ को ‘क’ मा हरिवन नगरपालिकाका पूर्वमेयर गणेश प्रसाईं, माओवादी छाडेर एमाले प्रवेश गरेका नेता केशव ढुंगाना, राजकुमार उप्रेती, विदुर प्याकुरेल, डा. इन्द्रजित महतो र रेणुका पौडेल प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस भएका छन्। 

प्रदेशसभामा उम्मेदवार सिफारिस भएका प्रसाईं गएको स्थानीय तह निर्वाचनमा हरिवन नगरपालिकाको मेयर पदमा हारेका थिए। 

एमालेले प्रदेश सभातर्फ सर्लाही ३ को ‘ख’ मा जुनेद रिजबी, अरबिन्द कुमार यादव र रामराज बस्नेतलाई उम्मेदवार सिफारिस गरेको छ।
त्यसैगरी सर्लाही ४ को ‘क’ मा रामबाबु राय र विएन गुप्ता तथा ‘ख’ मा चन्देश्वर राय र रामबाबु राउत एमालेका तर्फबाट उम्मेदवार सिफारिस भएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .