ad ad

खेल


सागका स्वर्णविजेता दुई खेलाडीलाई गोदावरी नगरपालिकाले आजीवन भत्ता दिने

सागका स्वर्णविजेता दुई खेलाडीलाई गोदावरी नगरपालिकाले आजीवन भत्ता दिने

नेपालखबर
भदौ २३, २०७९ बिहिबार १२:५९, काठमाडौँ

दक्षिण एशियाली खेलकुद (साग) मा स्वर्ण पदक विजेता दीपक श्रेष्ठ र गंगाराम महर्जनलाई गोदावरी नगरपालिकाले सम्मानस्वरुप आजीवन भत्ता दिने भएको छ। 

साग खेलमा स्वर्ण पदक जितेको कदर गर्दै गोदावरी नगरपालिकाले दुई खेलाडीलाई सम्मान स्वरुप मासिक ५ हजार रुपैयाँ दिने भएको छ। 

नगरपालिकाले पूर्वघोषित आजीवन भत्ता वितरण तथा ५६ औँ शिक्षा दिवसको नगरपालिकाले दुई खेलाडीलाई सम्मान गरेको हो।

महर्जनले ८ औँ तथा श्रेष्ठले आठौँ र नवौँ सागमा स्वर्ण पदक जितेका थिए। 

पदक विजेता श्रेष्ठले आफुहरुको मेहनतको कदर गर्दै नगरपालिकाले गरेको निर्णयका लागि धन्यवाद दिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .