कोशी


सुनसरीमा विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

सुनसरीमा विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

प्रतिकात्मक तस्बिर


नेपालखबर
भदौ १२, २०७९ आइतबार १३:१६, विराटनगर

सुनसरीको वराहाक्षेत्र नगरपालिकाका शिक्षक विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका छन्। 

सुनसरीको वराहक्षेत्र ९ स्थित श्री सरस्वती माविका शिक्षकलाई प्रहरीले पक्राउ गरेको हो। 

कक्षा ८ र ९ पढाउने शिक्षक डम्बर पइँकरालाई आफ्नै विद्यार्थीलाई यौन दुव्र्यवहार गरेको आरोपमा इलाका प्रहरी कार्यालय (महेन्द्रनगर) ले पक्राउ गरेको हो। आरोपित शिक्षकले कक्षामा अध्ययनरत छात्राको संवेदनशील अंगमा हात लगाउने र अस्वाभाविक कुराहरू गर्ने आरोप पीडित पक्षले लगाएको छ।

पइँकराले निकै लामो समयदेखि छात्रालाई गलत व्यवहार गरिरहेको विषयमा शुक्रबार विद्यालयमा आवाज उठाइएको थियो। 

आइतबार बिहान विद्यालयमा आरोपित शिक्षक र पीडित विद्यार्थी राखेर माफी मगाउन खोजिएपछि आक्रोशित विद्यार्थी र अभिभावक विरोधमा उत्रिएका थिए। प्रहरीले भने शिक्षकलाई तत्कालै पक्राउ गरेको थियो। 

घटनाबारे छानबिन हुने इलाका प्रहरी कार्यालय (महेन्द्रनगर) का प्रहरी निरीक्षक राजेश दत्तले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad