कोशी


झापामा मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

झापामा मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

नेपालखबर
असार २६, २०७९ आइतबार ८:४८, झापा

झापाको बिर्तामोड शनिश्चरे सडकखण्डमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। 

बिर्तामोडस्थित इलाका प्रहरी कार्यालयका अनुसार दुर्घटनामा पाँचथर फिदिम नगरपालिका–५ का २६ वर्षीय कुमार खनालको मृत्यु भएको हो।

प्रहरीले दुर्घटनास्थलमा भेटिएको नागरिकताका आधारमा उनी फिदिमको बासिन्दा भएको पत्ता लगाएको हो। 

उनी सवार बा४२प १२८ नंको मोटरसाइकल सडक किनारमा पल्टिएको र सडकमै मृत भेटिएको प्रहरीको भनाइ छ। दुर्घटना र मृत्युबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad